दफा ३०
जग्गा सम्बन्धी व्यवस्था
(१) यस ऐन वा प्रचलित कानून बमोजिम दर्ता भएका उद्योगका लागि आवश्यक जग्गा सम्बन्धित उद्यमीले प्रचलित कानून बमोजिम आफैले खरिद गर्नु पर्नेछ। तर तोकिए बमोजिमका उद्योग सञ्चालन गर्ने उद्यमीले उद्योगका लागि आवश्यक जग्गा खरिद गर्न नसकेमा सोही व्यहोरा खुलाई जग्गा खरिद गर्न वा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेमा उचयोग दर्ता गर्ने निकायले जग्गा खरिद गर्न वा जग्गा उपलब्ध गराइदिने सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण गर्नेछ।

(२) जग्गा उपलब्ध गराउन समन्वय र सहजीकरण गर्ने प्रक्रिया तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।